logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले गभर्नर अधिकारीमाथि प्रहार गर्यो: महासचिव पोखरेल

    कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले गभर्नर अधिकारीमाथि प्रहार गर्यो: महासचिव पोखरेल

    2.9K
    Shares
    कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले गभर्नर अधिकारीमाथि प्रहार गर्यो: महासचिव पोखरेल

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए । उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेकोभन्दै आपत्ति समेत जनाए । महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्ता समेत व्यक्त गरे ।

    उनले भने, ‘सरकार भर्सेस भगर्नरको जे बहस चलिराखेको छ नि । यथार्थ के हो भने पैसा किन हराईरहेको छ भन्दा ब्ल्याक मनीलाई ह्वाईट मनी बनाउन खोज्दा पैसा हरायो । गभर्नर ब्ल्याकलाई ह्वाईट बनाउने कुराको विपक्षमा उभिनु भयो । गभर्नरको नीतिलाई सरकारले फ्लो गरेको भए पैसा हराउने नै थिएन । यस अर्थमा पैसा किन हरायो भन्ने कुरामा त्यसैले बताईरहेकै छ । अहिले गभर्नरमाथिको प्रहार नेकपा एमालेले विभाग गठन गर्दाखेरी राखिएको एउटा नाममा जोडेर गभर्नरमाथि अट्याक भएको छ । त्यो यतिसाह्रो हल्लाखल्ला गर्नुपर्ने विषय हो र ? नेकपा एमालेको विभागमा कति सदस्य छन ? कुनै चासो छ, कसैले प्रश्न गरेको छ ? गभर्नरको विषयमा जे प्रकारणको अट्याक भएको छ । त्यो अट्याक चाँही के कारणले भन्दाखेरी ब्ल्याक मनीलाई ह्वाईट मनी बनाउने योजना असफल भएपछि अट्याक भएको भन्ने कुरा तपाईहामीले बुझेनौ भने मुलुकको श्रीलंकाकरण हुने जोखिम जुन छ, त्यसलाई जोगाउन सक्छौं ? अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तिय संकट खडा गर्नेहरुको प्रोत्साहन हुनु भएको हो । जवकी पार्टीले भनि सकेको छ–गभर्नर एमाले विभागको सदस्य होइनन । उहाँ स्वयम्ले भनिसक्नु भएको छ–म विभागको सदस्य होइन । यो विषयमा बहस असान्दर्भिक छ ।’

    महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उहाँ स्वमय्ले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक पटक दोहो¥याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend