logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजनीतिक मात्र नभई घरायसी समस्या पनि समाधान गर्न तयार छु : प्रकाशमान सिंह

    राजनीतिक मात्र नभई घरायसी समस्या पनि समाधान गर्न तयार छु : प्रकाशमान सिंह

    3.6K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने बताएका छन् । एक दम्पत्तिको छोडपत्र हुनै लागेको समस्या पनि आफुले समाधान गरिदिएको बताउदै उनले कुनै पनि व्याक्तिगत वा पारिवारीक समस्या परे जानकारी दिन समेत आग्रह गरे । बिहिबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सन्तानको पढाइलेखाइ वा छात्रवृत्तिमा समस्या आए पनि भन्न आग्रह गरे ।

    समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधि सभाका सबै तहका जनप्रतिनिधिहरु मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरुको समस्या हामीलाई भन्नुपर्यो । हामीसँगै बसेर प्रबलमलाई सल्भ गर्छौं ।’ उनले भने, ‘यही वडाको क्षेत्रको लोग्ने–स्वास्नीको एकदमै डिभोर्स हुन लागेको थियो । केटीका बुवा–आमाले मसँग भन्नुभयो, तपाईं जनप्रतिनिधि यसो कुरा गर्दिनुपर्यो भनेर । मैले पनि कुरा गरें । कुरा गरेपछि समाधान भयो ।’

    उनले थपे, ‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन, तपाईहरुको घरमा, छोरीको पढाइलेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्यो । भनेपछि न हामीलाई थाहा हुन्छ । घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर तपाईहरुले जनप्रतिनिधिहरुलाई विश्वास गरेर भन्नुपर्यो ।’ काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे ।

    अर्को एक प्रसंगमा उनले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकीर गरे । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend