logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबरः प्रदीप ज्ञवाली

    गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबरः प्रदीप ज्ञवाली

    2.7K
    Shares
    गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबरः प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    सांसद ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पु¥याउन नसक्नु लज्जास्पद भएको बताए । उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसावबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे । सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए । उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने बताए ।

    उनले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? भन्दै प्रश्न गरे । सांसद ज्ञवालीले जनतालाई मलखाद र विद्यार्थीलाई पाठ्यपुस्तक हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘बढ्दो महंगी, मूल्यवृद्धि र अत्यावश्यक वस्तुको मूल्यवृद्धि छ । सरकार बेखबर देखिएको छ । डिजेल १८ र पेट्रोलमा १५ रुपैयँँ घटाएर पठायो तर आज एक हप्ता भयो मूल्य घटाइएको छैन । बढेर आएको भए रातारात बढाइन्थ्यो । मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनु भएछ । त्यसो गरेर उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ । यी सारा समस्याको निम्ति गम्भीरतापूर्वक सोच्नुपर्ने बेलामा बहस त हामीले कहाँ चलाइरहेका छौँ । एम अधिकारी को हो भनेर खोजिरहेका छौँ । सम्बन्धित व्यक्ति म त्यो पार्टीमा छैन, २०७३ साल देखि भन्नुभएको छ । सम्बन्धित पार्टी भन्छ, ती मान्छे हाम्रो पार्टीमा छैनन् । हामीले हाम्रो पार्टीलाई विभाजन गर्ने षड्यन्त्रमुलक अध्यादेश आएपछि लामो समय वेल घेराउ गरेका थियौँ । सभामुखले पटकपटक यो विषय अदालतमा विचाराधिन छ, यसमा मैले केही गर्न सक्दिनँ भनेर पटकपटक रुलिङ गर्नुभयो । सभामुखको रुलिङ त कायमै होला नि । कायम छ कि छैन ? छैन भने बेग्लै कुरा भयो, छ भने एउटा विषयमा विषयान्तर गरेर आज मुलुकले भोगिरहेका समस्या के हुन् ? जनताको यो पीडाले हामी सबैलाई छुनु पर्छ कि पर्दैन ? यो साझा विषय होला ? मध्यम वर्गलाई समेत आच्छुआच्छु परिरहेको छ भने १७ प्रतिशत भन्दा बढी निरपेक्ष गरिबीको रेखाुमुनी रहेकालाई के भएको होला ? यस्तो विषयमा पनि विभाजित हुनुपर्ने आवश्यक हो र ? सत्तापक्षका कतिपय नेताहरुको संवेदनहीनताले आहत तुल्याएको छ । सरकारको गैर जिम्मेवारपनले हामीलाई आहत तुल्याएको छ । शैक्षिक सत्र शुरु भएको यत्तिको समयसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक दिन नसक्ने भन्दा लज्जास्पद कुरा के हुनसक्छ ? अहिलेपनि किसानलाई मल दिन नसक्ने भन्दा गैर जिम्मेवार के हुन्छ । यो सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन ? सभामुख महोदय । सरकार गैर जिम्मेवार बनिरहेको छ । जनताको समस्या माधान र राहत प्याकेजका बारेमा तत्काल रुलिङ होस् भन्ने आग्रह गर्दछु ।’

    सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend