logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बाँकेमा जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ

    बाँकेमा जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ

    3.4K
    Shares
    बाँकेमा जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ

    काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। बाँके बैजनाथ गाउँपालिका-८ बस्ने ३० वर्षीय राजेश मंगता र २० वर्षीय रोहन खटिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

    उनका अनुसार उनीहरूले पीडितलाई बिहीबार बर्दिया बढैयाताल गाउँपालिका–५ फुलबारीस्थित बाटोमा जबर्जस्ती करणी गरेको आरोप छ। पीडितले जबर्जस्ती करणी गरी फरार भएका उनीहरूमाथि प्रहरीकोमा जाहेरी दिएकी प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।

    सो घटनापश्चात् प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको हो। बर्दिया जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend