logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय आयोजना तोकिएका आयोजनाहरुमा केके गर्न पाउने भनेर मापदण्ड तोक्नुपर्छ: सांसद सिंह

    राष्ट्रिय आयोजना तोकिएका आयोजनाहरुमा केके गर्न पाउने भनेर मापदण्ड तोक्नुपर्छ: सांसद सिंह

    3K
    Shares
    राष्ट्रिय आयोजना तोकिएका आयोजनाहरुमा केके गर्न पाउने भनेर मापदण्ड तोक्नुपर्छ: सांसद सिंह

    काठमाडौं । संसदीय समितिका सांसदहरुले राष्ट्रिय गौरवका योजना समयमै सक्न निर्माण सम्पन्न नभएसम्म आयोजना प्रमुखहरु परिर्वतन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजना र विद्युत प्रसारण लाइनको निर्माण कार्यको अवस्था विषयक छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

    राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर सरकार परिवर्तन वा अन्य बहनामा आयोजना प्रमुख परिर्वतन गर्दा समयमा नै आयोजना सम्पन्न नभएको सांसदहरुको दाबी छ । सांसदहरुले राष्ट्रिय गौरवका आयोजनामा निर्माणको लागि छुट्टै ऐन बनाएर आयोजना निर्माण सम्पन्न नभएसम्म आयोजना प्रमुख कायम रहने व्यवस्था गर्न माग गरेका छन् ।

    बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद शेखरकुमार सिंहले राष्ट्रिय आयोजना तोकिएका आयोजनाहरुमा केके गर्न पाउने भनेर मापदण्ड तोक्नुपर्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजना भन्ने आयोजनामा गएका आयोजना प्रमुख १२÷१३ महिनामा सरुवा हुने अवस्था रहेकाले आयोजना समयमा बन्न नसकेको बताए । सांसद सिंहले नयाँ आयोजना प्रमुख बुझ्दाबुझ्दै समय सकिने बताए । सरकारले राष्ट्रिय आयोजना भन्ने राष्ट्रिय निकुञ्ज परेपछि त्यहाँ छुनै नहुने अवस्थाको समितिले ठोस निकास दिएर जानुपर्ने सांसद सिंहले बताइ । उनले आफैँले एमसीसी पास गरेकाले एमसीसीबाट बन्ने विद्युत लाइनको विषयमा भने आफू नबोल्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend