logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेर्साइनु गलतः बाबुराम भट्टराई

    आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेर्साइनु गलतः बाबुराम भट्टराई

    4K
    Shares
    आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेर्साइनु गलतः बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताएका छन् । उनले आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेर्साइनु गलत भएको बताए ।

    आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उनको भनाई छ । उनले भने– ‘अझै अपूर्ण छ । जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउनेकुरा त आएको छ । त्यो मुलतः ठिक छ । एनआरएनएहरुलाई मेरो निजी मान्यता त उनीहरुलाई पूर्ण नागरिकता दिएहुन्छ भन्ने हो । तैपनि राजनीतिक अधिकार बाहेकका अन्य अधिकार सहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ । तर कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निःशर्त अधिकार हो । अनावश्यक ढंगले शर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन शर्त राखिएको छ । त्यो विभेदकारी छ । गलत छ । वैवाहिक अंगिकृतको कुरा पनि समानतामा आधारित छैन । कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतिलाई नराखौँ । राख्ने हो भने दुईवटैलाई थोरै थोरै भएपनि राखौँ । यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन । त्यस्तै लंगिक पहिचान सहितको जुन कुरा छ, त्यसमा पनि त्रुटी भएको छ । त्यसैले यसलाई सच्याएर पारित गर्नु राम्रो हुन्छ ।’

    पूर्वप्रधानमन्त्री डा. भट्टराईले नागरिकता सम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend