logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अब देशको नेतृत्व माओवादीले गर्छः अध्यक्ष दाहाल

    अब देशको नेतृत्व माओवादीले गर्छः अध्यक्ष दाहाल

    3.8K
    Shares
    अब देशको नेतृत्व माओवादीले गर्छः अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गरे । उनले नेकपा माओवादीमा पुनः एकपटक पुनस्र्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए । अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता÷कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।

    उनले भने, ‘हाम्रै जोडबलमा आज नागरिकताबारे निर्णय हुँदैछ । आन्दोलनमा खेलेको भुमिकालाई कतै कमजोर हुनदिने छैन । नेपालमा विभेदमा भएका, पछि परेका वर्ग, समुदायको उत्थानका लागि नै माओवादीको आन्दोलन शुरु भएको हो । कहीँ न कहीँ एउटा निकै ठूलो डिजाइन अन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्ट गरियो । माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिनेछैन । पार्टी प्रवेश कार्यक्रमले सिंगो देश र मधेसमा बलियो सन्देश प्रवाहीत भएको छ । मधेसका सबैको हक, अधिकार र पहिचाको लडाईं राष्ट्रिय रुपमा स्थापित गर्ने पार्टीमा जुन बुझाइ रहेछ त्यसले मलाई खुशी बनाएको छ । पर्सामा माओवादी पार्टी कमजोर छ । तर अब एकपटक फेरि पुनःस्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’

    अध्यक्ष दाहालले नेकपा माओवादी पार्टीकै जोडबलमा आज संघीय संसदबाट नागरिकताबारे निर्णय हुन लागेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend