काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको बताएका छन् । शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरे । एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको ओलीले बताए ।
एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’
उनले काँग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको बताए । ‘सवै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन’, ओलीले भने, ‘म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।’