logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रातारात भएका देशहित विपरीतका कामको सशक्त विरोध गरौं: भीम रावल

    रातारात भएका देशहित विपरीतका कामको सशक्त विरोध गरौं: भीम रावल

    5.5K
    Shares
    रातारात भएका देशहित विपरीतका कामको सशक्त विरोध गरौं: भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्न आह्वान गरेका छन् । शुक्रवार प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएपछि शनिवार ट्विटरमा लेख्दै नेता रावलले यस्तो बताएका हुन् ।

    ‘देश हितमा आँच पुर्‍याउने काम रातारात हतारमा गर्ने (जस्तैः महाकाली सन्धि, एमसीसी सम्झौता अनुमोदन र नागरिकता सम्बन्धी विधेयक पारित) नेपालका शीर्ष भनिने नेताहरूको कारण नेपाल राज्य अत्यन्तै कमजोर हुँदै गइरहेको तथ्य सबै नेपालीले बुझौं,’ उनले लेखेका छन् ।

    निहित सत्ता स्वार्थ पूर्ति गर्न बाह्य शक्तिप्रति भक्ति गर्दै नेपालको दीर्घकालीन अस्तित्वमाथि नै खतरा निम्त्याइएको रावलले बताए । ‘जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व र स्वाधीनतालाई क्रमशः सिध्याउने खेलका मतियार बने । यस्तो कार्य निन्दनीय छ,’ उनले भने ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend