logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा निकै उत्साहित छुः अध्यक्ष प्रचण्ड

    नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा निकै उत्साहित छुः अध्यक्ष प्रचण्ड

    5.9K
    Shares
    नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा निकै उत्साहित छुः अध्यक्ष प्रचण्ड

    जनकपुर । नेकपा (माओवदी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयालाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन् । शनिवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताएका हुन्

    अध्यक्ष दाहालले भने, ‘यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन । आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला ।’

    अध्यक्ष दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताए । उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताए । अध्यक्ष दाहालले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा गरे ।

    उनले भने, ‘जसपा रुपमा फुटिसकेको अवस्था छ , यस अवस्थामा बाबुराम जी, माधवकुमार नेपाल जी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ, अगाडी भने औचापरिक रुपमा कुनै टुंगोमा पुगेको छैन छिट्टै यस विषयमा निर्णय हुनेछ ।’

    अध्यक्ष दाहालले वामपन्थी एकता लगायतको विषयमा गठबन्धन भित्र रहेका दलहरुसँग समेत छलफल भइरहेको बताए । दाहालले दिल्लीमा काग्रेस नेतृ आरजु देउवा र आफु बिचमा कुनैपनि प्रकारको सम्झौता नभएको स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend