logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

    अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

    3K
    Shares
    अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

    काठमाडाै‌ । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाएका छन् । शनिवार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए । उनले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको बताए । गृहमन्त्री खाँणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताए । गृहमन्त्री खाँणले नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताए । उनले सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताए । गृहमनन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्नेपनि बताए । उनले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिए ।

    उनले भने, ‘नेपालमा अपाङ्गहरुको संख्या पनि धेरै छ । अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने ? भन्ने ठूलो कुरा हो । पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको छ । त्यो अपुग होला तर हाम्रो बजेट अनुसारको छ । हामीले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी छ । आर्थिक रुपमा, बेरोजगार भएर जो कमजोर छ, त्यसलाई कसरी माथि उठाउने ? हामीले अपाङ्गता भएकाहरुको लागि पनि सोच्नुपर्छ र जिममेवारी लिनुपर्छ भन्नेकुराको बच्चाकालदेखि नै स्कुलिङ हुन जरुरी छ । अहिले नेपाल सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने हामीले निर्देशन दिइसकेका छौँ । हाम्रो आधुनिक कार्यालय पनि अपाङ्गमैत्री छैन । सावर््जनिक स्थलमा अपाङ्गमैत्री शोचालयको पनि खाँचो छ । सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको छ । नेपाल सरकारले अपाङ्गका लागि पनि बजेटको भोलम बढाउने छ । यसको लागि हामी पहल गर्नेछौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend