logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दजामा लिने सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यकः अध्यक्ष भट्टराई

    अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दजामा लिने सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यकः अध्यक्ष भट्टराई

    4.8K
    Shares
    अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दजामा लिने सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यकः अध्यक्ष भट्टराई

     

    काठमाडौं । राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताए । शनिवार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरेपनि नेपालमा त्यसको विपरित अवस्था रहेको बताए । अध्यक्ष भट्टराईले ३३ लाख भन्दा बढी अपाङ्गहरु आवद्ध रहेको संस्था निरिह अवस्थामा पुग्नु दुःखद् भएको बताए । उनले हालै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएकोले सहयोगको अपेक्षा गरेको र पुनर्निर्माण हुनेमा विश्वस्त रहेको बताए ।

    उनले भने, ‘भिन्न क्षमता भएका नागरिकहरुको लागि सहयोग गर्दै आएको राष्ट्रिय अपाङ्ग कोष केवल नाम मात्रैको भएको छ । यसको अवस्था जिर्ण छ । संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुन्छ, तर नेपालमा अझै पनि अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिइन्छ । ३३ लाख भन्दा बढी अपाङ्गताहरु रहेको संस्थाको एकमात्र सरकारी निकाय आज निरिह अवस्थामा छ । भर्खरै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएको छ । यसलाई पुनर्निर्माणको लागि सहयोग हुनेछ भन्ने आशा गरेको छु ।’

    हस्तान्तरण भएका सामग्रीमा ८ वटा एम्बुलेन्स छन् । जसमा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत उच्च स्तरको एम्बुलेन्समा हुने सै ेवा छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने व्यवस्था छ । यसमा सिसिटिभीको समेत जडान गरिएको छ । यी एम्बुलेन्स सबै प्रदेशमा एक एक वटाका दरले प्रदान गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ । त्यस्तै विपद्पछि उद्धारका लागि आवश्यक सर्च एण्ड रेस्क्यू उपकरण पनि हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्ग कोषलाई अपाङ्गता सहायता सामग्री ह्विलचेयर, कुत्रिम हातखुट्टा लगायत सामग्री हस्तान्तरण गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend