logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले बालविकासको उचित व्यवस्थापन गर्न सकेन: विद्या भट्टराई

    सरकारले बालविकासको उचित व्यवस्थापन गर्न सकेन: विद्या भट्टराई

    3K
    Shares
    सरकारले बालविकासको उचित व्यवस्थापन गर्न सकेन: विद्या भट्टराई

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारले बालविकासको उचित व्यवस्थापन गर्न नसकेको बताइएकी छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले यस्तो बताइन् ।

    उनले बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलव सरकारले नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

    उनले भनिन्– ‘बालविकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकेको छैन । २०७८÷७९ मा बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको मासिक तलव न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरे अनुसार उहाँहरुले तलव प्राप्त गर्नुभएको छैन । पाँच बजेसम्म काम गर्नुपर्ने अवस्था छ । बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्तामाथि राज्यले विभेद गरेको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend