logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

    फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

    3.8K
    Shares
    फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

    मनिला/रासस । फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ ।

    उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ । फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ।
    हामी यस घटनाबाट अत्यन्तै विचलित भएका छौँ र शोकमग्न छौं, स्थानीय सरकारी इकाईका मेयर जोय बेलमोन्टेले एएफपीलाई बताएका छन् ।

    फिलिपिन्समा बन्दुक राख्न पाउँने बारे खुकुलो नियम भए पनि विद्यालय र विश्वविद्यालयमा गोली चल्ने घटना भने कमै हुने गरेका छन् । तर चुनावका समयमा राजनीतिकर्मी हरू माथि भने यस्ता हत्याका घटनाहरू हुने गर्दछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend