logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउँछः अध्यक्ष गोल्यान

    राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउँछः अध्यक्ष गोल्यान

    4.2K
    Shares
    राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउँछः अध्यक्ष गोल्यान

     

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन् ।

    उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने बताए । अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताए । उनले बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको गुनासो गरे । सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्ने बताए ,

    उनले परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको बताए । उनले मौद्रिक नीति निर्यातलाई अझ कडाइ गर्नुपर्ने बताए । अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्षहरु रहेको भन्दै बैंक कर्जा बिस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताए । उनले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा बिस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गरे । उनले गत वर्ष १९ प्रतिशत कर्जा बिस्तारको लक्ष्य राखेपनि पूरा नभएको भन्दै यो वर्ष पनि त्यही अवस्था देखिएको बताए । उनले उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिएपनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको बताए ।

    उनले भने,‘बैंक तथा वित्तीय परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्छ । तर केही नीतिहरु परिवर्तन योग्य रहेका छन् । अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा मौद्रिक नीति राम्रो रहेको छ । अहिलको मौद्रिक नीतिका राम्रा पक्ष उद्योग र उत्पादशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेछ । त्यो राम्रो पक्ष हो । त्यस्तै रेमिट्यान्स बढाउने नीतिमा आएको छ त्यो पनि राम्रो हो । कर्जामा कसिलो आउने भन्दा विकल्प नै छैन । कर्जा १२ प्रतिशत भनेको छ । १२ प्रतिशत पनि यदि रेमिट्यान्स बढेन र वैदेशिक लगानी आएन भने नपुग्न पनि सक्छ । कर्जा लगानी उत्पादशील क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय परिसंघको माग पनि रहेको थियो ।

    त्यो स्वागतयोग्य छ । अब निर्देशिकाहरु आउन बाँकी नै छ । उत्पादशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर गर्ने नीति आएको छ । तर मौद्रिक नीतिले सबै बैंकलाई भार थपेको जस्तो भान भएको छ । २ करोडसम्मको कर्जामा २ प्रतिशत मात्रै दिने भन्ने कुरा आएको छ त्यो भन्दा ठूलाको लागि केही छैन । ठूलाको लागि आएको जस्तो देखिनँ । अर्को एलसी मार्जिनमा अन्य थप वस्तुमा कडाइ गर्ने नीति आउनुपर्ने थियो । यो टे«डिङलाई अहिलेको भन्दा पनि कसिलो बनाउने नीति आउँछ भन्ने सोचेका थियौं । तर आएन । त्यसमा राष्ट्र बैंक चुकेको छ । त्यो निर्देशिकामा आउँदा के हुन्छ । परिर्वतन गर्ने भनेको छ । त्यसमा दुबै हुनसक्छ । घटाउँदै वा बढाउँदै जाने दुवै अर्थ लाग्नसक्छ । तर समग्रमा मौद्रिक नीति राम्रो रहेको छ । अझ कसिलो आउनुपर्ने थियो ।

    बैंकको ब्यादर ७ प्रतिशत बाट ८.५ प्रतिशत बनाएको छ । अर्कोतिर सिआरआरको पैसा १ प्रतिशतबाट थप गरेर ४ प्रतिशत बनाएको छ । त्यसले ब्याजबिना राष्ट्र बैंकमा पैसा थुप्रिने भयो । त्यसले गर्दा बैंकको लागत बढायो । यसले बैंकको नाफा घट्छ । आरोही नै १० प्रतिशतमा पुगेको छ । यो भन्दा तल गयो भने बैंकिङ क्षेत्र संकटमा पर्छ । बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्छ । अब आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था देख्दिनँ । अहिले हामीले नाफामुखी नभएर देश निर्माणको लागि काम गर्न बैंकहरु तयार छन् । उत्पादनशील क्षेत्रको कुरा आफ्नो ठाउँमा छ । तर यो उद्योगी व्यवसायीहरुका छातासंगठनहरुले बारम्बार उद्योग र व्यापारलाई जोडेर नीतिगत कुरा गर्छन् । त्यो नै मिलेको छैन । आयातमा जति भन्यो त्यति लागत बढाएको छ । अहिले २० जना कर्मचारी राखेर आयात गर्ने कम्पनीले ३ देखि ४ अर्बको नाफा गरेको छ भने एउटा बैंकले २ हजार कर्मचारी र अर्बौं लगानी गरेर उसले ३ देखि ४ अर्बको नाफा गर्नुमा के फरक छ । त्यसमा कति पँुजी लगानी भएको छ । अब त्यस्ता कम्पनीहरु पब्लिक लिमिटेड बन्नुपर्छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend