logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जडीबुटीबाट मनाङमा ४० लाख राजस्व संकलन

    जडीबुटीबाट मनाङमा ४० लाख राजस्व संकलन

    4.4K
    Shares
    जडीबुटीबाट मनाङमा ४० लाख राजस्व संकलन

    मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी सङ्कलनबाट ४० हजार १६ हजार ६४ राजस्व सङ्कलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट पनि उक्त राजस्व सङ्कलन भएको हो ।

    सो आवमा जिम्बु सङ्कलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट दुई लाख ९५ हजार ४९९ राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

    उनका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । गत वर्ष कोभिड– १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो । गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताए । कुनै पनि रोगको सङ्क्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी सङ्कलनमा आउनेको सङ्ख्या बढेपछि राजस्वमा वृद्धि भएको हो ।

    गत आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी सङ्कलनबाट १३ लाख ९७ हजार २५० राजस्व सङ्कलन भएको थियो । सङ्कलित राजस्व सङ्घीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत सङ्घ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५/२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताए ।

    जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको उनले जानकारी दिए । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् ।

    नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छन् । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा रु ३० हजारदेखि ४० हजारसम्म पूर्जी काटेर ठेक्का लिने गरेका गर्दछन् । करिब दुई महिना खर्कमा बसेर जङ्गली जडीबुटी सङ्कलन गर्ने गर्दछन् ।- रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend