काठमाडौं । नेपाल खेलकुद महासंघले सरकारले गरेका गलत गतिविधिको खवरदारी स्वरुप विरोधसभा गर्ने भएको छ । सोमबार काठमाडौंमा आयोजीत महासंघको विशेष बैठकमा महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न विरोधसभाको आयोजना गर्न लागिएको बताए ।
काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता रहने उनले बताए । ‘बसन्तपुरमा विरोध सभा हुनेछ र सो सभामा लाखौं युवाहरुको सहभागिता रहने आमीले विश्वास लिएका छौं ।’ उनले भने ।
महासंघका सह ईन्चार्ज रमेश पौडेलले बजेट निमार्णमा अर्थमन्त्रीले अनधिकृत व्याक्ति समावेश गर्नु, नागरिकता विधेयकमा भएको मनमरीको पनि विरोध गर्ने बताए । वर्तमान सरकारले खेलकुद क्षेत्रलाई समेत वेवास्ता गरेको उनको भनाई थियो ।