logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जनस्वास्थ्यमा सरकारले चासो दिएनः योगेश भट्टराई

    जनस्वास्थ्यमा सरकारले चासो दिएनः योगेश भट्टराई

    4.4K
    Shares
    जनस्वास्थ्यमा सरकारले चासो दिएनः योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

    उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए । सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपग्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताए । उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्रको अवस्थामा रहनु दुःखद् भएको बताए ।

    सांसद भट्टराईले मंकीपग्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए । उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपग्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए ।

    उनले भने, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्सले हायलकायल बनाएको छ । हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन । सरकार मौन बसिरहेको छ । सरकार निन्द्रको अवस्थामा छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ । तर हाम्रा सीमानाहरुमा एउटा पनि साइनबोर्ड राखिएको छैन । विमानस्थलहरुमा यसबारेमा कुनै सचेतना दिइएको छैन । सञ्चारमाध्यमहरुबाट सरकारले कुनै विज्ञापन, सूचनाहरु सार्वजनिक गरेको छैन । खुला सीमाना छ । भारतमा यस ४ वटा केसहरु देखिसकेका छन् । हामी पनि यसबाट धेरै टाढा छैनौँ । यसको भयानक अवस्थाबाट हामी टाढा छैन । यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व शतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु । सीमानमा कडाइ गर्नुपर्छ, सचेतनता फैलाउनुपर्छ । परीक्षण केन्द्र राख्नुपर्छ ।’

    सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताए । उनले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend