logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको छ: गगन थापा

    नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको छ: गगन थापा

    3.1K
    Shares
    नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको छ: गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताएका हुन् ।

    उनले नेपाललाई सम्पती शुद्धिकरणको कालोसूचीमा पर्न नदिन सरकारले केके काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गरे । थापाले सम्पती शुद्धिकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गरे । उनले नेपालमा सम्पती शुद्धिकरण सम्बन्धी पर्याप्त कानून नबनिसकेको, बनेको कानूनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापकर कर छली, बढ्दो भ्रष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो हाम्रो समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरुले बताइरहेका पनि बताए । थापाले नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गरे ।

    उनले भने, ‘फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एशिया प्यासिफिक ग्रुप अफ मनी लन्डिरिङको सदस्य हो । यसले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्दैछ । यस्तो मुल्याङ्कन हाम्रो कानूनी व्यवस्था र यसको कार्यान्वयन र प्रभावकारीताको आधारमा गरिन्छ । मनी लन्डिरिङ सम्बन्धि कानून प्राप्त नबनि सकेको,बनेको कानून पनि प्राप्त कार्यान्वयन नभएको, व्यापक कर छली बढ्दो भष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो देशको यस्तो मूल्याङकन अति जोखिममा रहेको छ । विगतमा कालोसूचीमा पर्दापदै बचेको भएपनि यो पटक बच्न नसक्ने सम्भवना छैन । कालोसूचीमा नेपाल परो भने नेपालको अन्तराष्ट्रिय कारोबार बन्द हुने,एलसी खोल्न नपाउने यस्तो अवस्था हामीले कल्पना पनि गर्न सक्दैनौं । नेपालको मूल्याङ्कनमा ४० वटा सूचकको अवस्था के छ । कालोसूचीमा पर्ने सम्भावना बढ्दै गएको हो भने कालोसूचीमा पर्न नदिन सरकारले केके गरिरहेको छ । अभिलम्ब संसदलाई सरकारले जानकारी दिन आग्रह गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend