logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ४४.८० अंकले गिरावट

    नेप्से परिसूचक ४४.८० अंकले गिरावट

    3.2K
    Shares

    काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचकमा मंगलवार उच्च अंकले गिरावट आएको छ । मंगलवार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सोमबार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, ब्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

    नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत,युनाइटेड मोदी हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । यता गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ । मंगलवार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend