काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दावी गरेका छन् । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका हुन् ।
उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको जानकारी गराए ।
उनले आउँदो मन्त्रिपरिषद बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरे ।