logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • खानेपानी तथा सरसफाई विधेयकलाई तत्काल पारित गर्न आवश्यक छः खानेपानीमन्त्री चौधरी

    खानेपानी तथा सरसफाई विधेयकलाई तत्काल पारित गर्न आवश्यक छः खानेपानीमन्त्री चौधरी

    3.8K
    Shares
    खानेपानी तथा सरसफाई विधेयकलाई तत्काल पारित गर्न आवश्यक छः खानेपानीमन्त्री चौधरी

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई र स्वच्छता जनस्वास्थ्यसँग अपरिहार्य भएकाले खानेपानी तथा सरसफाई विधेयकलाई तत्काल पारित गर्न आवश्यक रहेको बताए । उनले खानेपानी तथा सरसफाई विधेयक समग्र खानेपानी तथा स्वास्थ्यसँग सम्बन्धित भएकाले लामो समय खानेपानी जस्ता संवेदशील विषयलाई अलमल्याएर राख्न नहुने बताए ।

    खानेपानी तथा सरसफाई विधेयक तात्कालिन सरकारले २०७६ सालमा प्रतिनिधि सभामा दर्ता गराएको थियो । नेपाली जनताको स्वच्छ तथा गुणस्तरीय खानेपानी प्रयोग गर्न पाउने अधिकार सुरक्षित गर्दै सरसफाई सेवा समेत उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न यो विधेयक दर्ता गराएको थियो ।

    सरकार र संसदको प्राथमिकता नपरेको कारण २०७६ सालमा दर्ता भएपनि अहिलेसम्म पास भएर कानून बन्न सकेको छैन । यो विधेयक पास भएर ऐन बने पानीको स्रोत, परिणाम, गणुस्तर,लाभान्वित क्षेत्र तथा खानेपानी तथा सरसफाईका स्थापित विभिन्न प्रणालीमा स्थानीय सरकारहरुको अधिकार र दायित्व स्पष्ट हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend