काठमाडौं ।
देशका लागि लड्ने मान्छे सालिक भएछ
देशद्रोही मान्छे चाहिँ मालिक भएछ…..
प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक समयमा सुरू नभएपछि एमाले सांसद भीम रावलले कविता सुनाएका छन् ।
बुधबार दिउँसो १ बजे अमेरिकी साझेदारी परियोजना एसपीपीबारे छलफल कार्यक्रम थियो । छलफलमा समयमा सांसद तथा मन्त्री नआएपछि उनी बैठक कक्षमा रहेका समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरू ईश्वर पोखरेल, प्रकाशमान सिंह लगायतलाई माथि उल्लेखित कविता सुनाइरहेका थिए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदको गणपूरक संख्या नपुगेपछि समयमा बैठक सुरु हुन सकेको छैन । बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको हाे ।