logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सिंहदरबारमा दश बजेदेखी पाँच बजेसम्म बस्ने प्रधानमन्त्री नआउञ्जेल देश बन्दैन : गोपाल हमाल (भिडिओसहित)

    सिंहदरबारमा दश बजेदेखी पाँच बजेसम्म बस्ने प्रधानमन्त्री नआउञ्जेल देश बन्दैन : गोपाल हमाल (भिडिओसहित)

    2.7K
    Shares
    सिंहदरबारमा दश बजेदेखी पाँच बजेसम्म बस्ने प्रधानमन्त्री नआउञ्जेल देश बन्दैन : गोपाल हमाल (भिडिओसहित)

    काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले देशले सिंहदरबारमा दश बजे गएर पाँच बजेसम्म बस्ने प्रधानमन्त्री नपाउञ्जेल परिवर्तन नआउने बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा मेयर हमालले प्रधानमन्त्रीको कार्यक्षेत्र सिंहदरबार भएको भन्दै प्रधानमन्त्रीले दश बजेदेखि पाँच बजेसम्म बसेर जनताको काम नगरुञ्जेलसम्म देश नबन्ने बताएका हुन् ।
    मेयर हमालले जबसम्म देशमा पेशागत राजनीति गर्ने व्याक्ति देशमा रहन्छ तवसम्म भ्रष्टाचार पनि नरोकिने र देश पनि नबन्ने दाबी गरे । देश अहिले रोगी नेताले चलाएको उनको भनाई छ ।

    ‘देश नै रोगी नेताले चलाएका छन् त निरोगी कसरी हुन्छ ?’ उनले भने ‘ हामीलाई रोग लागे एक वर्ष बाच्न सकिन्छ तर रोग फोले त वर्षौ बाचिन्छ नी । यो गोल्डेन चान्स हो । सबैतिर स्वतन्त्रको लहर आएको छ । जनताको मनस्थिती पनि फेरिएको छ । आउने निर्वाचनमा पुराना नेताहरुलाई हराएर युवालाई अवसर दिने चान्स जनतालाई छ ।’

    उनले देशमा स्वतन्त्रको लहर आएको बेलामा प्रतिनिधि सभाको निर्वाचनमा पनि स्वतन्त्रलाई जिताउनुपर्ने धारणा राखे । उनले पुराना नेताहरुलाई आराम गरेर नयाँलाई अवसर दिनुपर्ने बताए । मेयर हमालले सरकार सञ्चालन प्रति पनि असन्तुष्ट व्यक्त गरे । ‘अहिले गुटको सरकार छ । नेताको सरकार छ । कार्यकर्ताकको सरकार छ । तर जनताको सरकार छैन । यो देशमा दुःख नपाएको कोही मान्छे छ भने त्यो हो नेता र कार्यकर्ता । अरु सबैले दुःख पाएका छन् ।’ उनले भने ।

    मेयर हमालले पार्टीगत भोट हाल्ने प्रवृत्ति त्याग्नुपर्ने धारणा राखे । पार्टीका नेतालाई मात्रै भोट गर्ने परम्पराले पनि नेतृत्वमा नयाँ अनुहार नदेखिएको उनको भनाई छ । ‘कांग्रेसले कांग्रेसलाई भोट हाल्छ, एमालेले एमालेलाई , माओवादीले माओवादीलाई भोट हाल्ने परम्परा छोडेर एक पटक स्वतन्त्रलाई भोट गर्नुस् त’ उनले भने ‘तपाई आफ्नो पार्टी नछोड्नुस् तर एक पटक स्वतन्त्रलाई भोट दिनुस् देश आफै परिवर्तन हुन्छ ।’

    पुरा भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्:

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend