logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव पुनः अगाडी बढाउनुपर्छः रेनुका गुरुङ

    नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव पुनः अगाडी बढाउनुपर्छः रेनुका गुरुङ

    4.2K
    Shares
    नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव पुनः अगाडी बढाउनुपर्छः रेनुका गुरुङ

     

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालकि सांसद रेनुका गुरुङले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव पुनः अगाडी बढाउनुपर्ने बताइन् । उनले विश्व द्वन्द्वमा फसिसकेको भन्दै नेपाललाई शान्ति क्षेत्र बनाउनु अपरिहार्य भइसकेको बताइन् ।

    उनले भनिन्– ‘हामी नेपाललाई शान्ति क्षेत्र प्रश्ताव अगाडी बढाउन चाहन्छौँ । इण्डियाले अहिलेसम्म नेपाल शान्ति क्षेत्रको प्रश्तावलाई हस्ताक्षर गरेको छैन । त्यही भएर पनि हामीलाई शंका त लाग्छ नि । हामीले नेपाललाई शान्ति क्षेत्रको प्रश्ताव अगाडी बढाउनुपर्छ । अपरिहार्य भएको छ । विश्व द्वन्द्वमा फसिसक्यो । फेरी प्रश्ताव अगाडी बढाऔँ । नेपालले कुनैपनि सैन्य गठबन्धनबाट अलग रहन र आफ्नो देशको परराष्ट्र नीति बमोजिम असंलग्न नीतिलाई पनि जोड दिनुपर्छ ।’

    उनले नेपाल सैन्य गठबन्धन बाट अलग हुनुपर्ने र असंलग्न परराष्ट्र नीतिलाई जोड दिनुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend