logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने पूर्वाधारमन्त्री राईको चेतावनी

    नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने पूर्वाधारमन्त्री राईको चेतावनी

    6K
    Shares
    नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने पूर्वाधारमन्त्री राईको चेतावनी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् । बुधवार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनःनिर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी दिएका हुन् ।

    उनले आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमुलक निर्माण हुन नसके ठेक्का तोड्ने बताए । मन्त्री राईले सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरुले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्नपनि निर्देशन दिए । उनले काठमाडौं उपत्यका लगायत मन्त्रालयको क्षेत्राधिकार भित्रपर्ने कुनैपनि सडक मर्मतका समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको बताए ।

    उनले भने,‘ देशभरको सडकको विषयमा मान्य ज्युहरुले चासो राख्नुभएको छ । मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने सडकहरुमा समस्या छ भने तत्काल समस्या समाधान गर्छौं । सडकका खाल्डाखुल्डी पुछौं । हामीसँग जनशक्ति प्राप्त बजेट छ । कुनै सांसदहरुले चासो राखेको योजना छ भने सडक विभागका प्रमुखले सामधान गर्ने र थाहा नभए सम्बन्धित आयोजनालाई थाहा हुन्छ । उनीहरुलाई सोधर भएपनि जनप्रतिनिधिको जिज्ञासा हल गर्न निर्देशन गर्छु ।

    सँगै भारतको एजिम बैंकबाट अनुदान भएको सडक आयोजना एजिम बैंकले अनुदान नदिएपनि सरकारले खर्च गरेर योजना सम्पन्न गर्छौं । नारायणघाट बुटलव सडक खण्डको विषय काम राम्रो नभएकाले ठेक्का रद्ध गर्ने कि नगर्ने आयोजना प्रमुखले लिखित रुपमा पत्रचार गर्नुभएको छ । मैले ठेक्का रद्ध गर्नेकुरा सार्वजनिक रुपमा नै भनेको छु । समितिले ठेक्का रद्ध गर्न निर्देशन दिओस्, निर्देशनपछि एकपटक निर्देशन गर्छौं भएन भने जे जति क्षती भएपनि ठेक्का तोड्छौं ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend