logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सधैँका लागि बन्द गर्ने स्थानीयको चेतावनी

    बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सधैँका लागि बन्द गर्ने स्थानीयको चेतावनी

    7.2K
    Shares
    बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सधैँका लागि बन्द गर्ने स्थानीयको चेतावनी

    काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो ।

    फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने लगायत यसअघि महानगरपालिका र सरकारले स्थानीयवासीसँग गरेका सम्झौता कार्यान्वयन नगरे आगामी भदौ १ गतेबाट फोहोरका गाडीहरु ल्याण्डफिल साइटमा लैजन सधैँका लागि बन्द गरिने बताए । कार्यक्रममा बोल्दै बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले राज्यका सम्बन्धित अंगहरुले फोहोरमैला व्यवस्थापनका नाममा आजभन्दा करिव ५० वर्ष अघिदेखि सत्ता प्राप्तिको मुद्दा बनाएर स्थानीयलाई पीडा र समस्या दिइरहेको बताए ।

    उनले नागरिकहरुको सम्पतीमा पौडी खेलेर ओखरपौवाका जनताको हक, अधिकारलाई काठमाडौं महानगरपालिका लगायतका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे । उनले आगामी भदौ १ गतेबाट सधैँका लागि उपत्यका भित्रको फोहोरमैला बञ्चरेडाँडा र सिसडोल ल्याण्डफिल साइटमा फाल्ने कुरा इतिहासको रुपमा भदौ १ हुने घोषणा गरे । उनले आउँदो दिनमा यो वा त्यो बहानामा फोहोरका लागि छुट नदिने बताए । उनले कोही पनि नेताको सत्ताको लागि, विरासत र अभिष्ट सिद्धिका लागि स्थानीय वासिन्दालाई फोहोर र रोगको शिकार बनाउन नसकिने बताए ।

    पत्रकार सम्मेलनमा स्थानीय राजन न्यौपानेले काठमाडौंमा यमबुद्धको शालिक बनाउने मेयरले फोहोर फाल्ने ठाउँका लागि किन बजेट तथा कार्यक्रम तर्जुमा नगरेको ? भन्दै प्रश्न गरे । उनले नयाँ र स्वतन्त्र मेयरबाट फोहोर व्यवस्थापनको आश गरेपनि त्यो सत्य हुन नसकेको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र साहले रुटिन नेपाललाई एक करोड रुपैयाँ दिएको आरोप लगाउँदै फोहोर फाल्ने ठाउँका लागि मिठा गफ गरेको तर बेजट ल्याउँदा समेत कुनै कार्यक्रम र योजनामा उल्लेख नगरेको बताउनु भयो । मेयर साहको सिसडोलवासीको मागलाई गरेको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताए ।

    स्थानीयवासीहरुले मानवबस्ती रहित ल्याण्डफिलसाइट विकास क्षेत्र, फोहोरमैला प्रदुषणरहित, मानवबस्ती विकास क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । त्यस्तै ल्याण्डफिल साइटमा अस्पतालजन्य फाहोरमैला, विषाधीजन्य फोहोरमैला, मृत पशुपंक्षी फोहोरमैला, ब्याट्री, विद्युतीय सामग्रीजन्य फोहोरमैला, औद्योगिकजन्य फोहोरमैला,तेजाव तथा रसायनजन्य फोहोरमैला, होटल तथा रेष्टुराँबाट उत्पादित कुहिने फोहोरमैला प्रतिवन्ध गर्नुपर्ने माग गरेका छन् । त्यस्तै नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १,२,३ लाई र धादिङको धुनिबेंसी नगरपालिका १ कोल्पुखोला आधार क्षेत्रलाई विशेष संवेदनशील घोषणा गर्नुपर्ने तथा तारकेश्वर नगरपालिका ३ को त्रिशुली रोड तथा पासाङ ल्हामू राजमार्गको पश्चिम तर्फका भूभागलाई समेत संवेदनशील घोषणा गर्नुपर्ने माग गरेका छन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend