logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिनिधि सभाभित्र संघीयता बिरोधी आवाजलाई रोक्नुपर्छः प्रमोद साह

    प्रतिनिधि सभाभित्र संघीयता बिरोधी आवाजलाई रोक्नुपर्छः प्रमोद साह

    3.2K
    Shares
    प्रतिनिधि सभाभित्र संघीयता बिरोधी आवाजलाई रोक्नुपर्छः प्रमोद साह

     

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधि सभाभित्र संघीयता बिरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद साहले प्रतिनिधि सभा बैठकमा विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताको बिरुद्धमा बोल्ने गरेको भन्दै खेद प्रकट गरे । उनले आन्दोलनको बलमा आएको संघीयतालाई कसैले हटाउन नसक्ने बताए ।

    सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले) का नेताहरुले संघीयता बिरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरे । उनले भने – ‘अहिले पनि नेकपा(एमाले) का नेतृत्वले संघीयता बिरोधी आवाज यो हाउसमा बुलन्द गरिरहेको अवस्था रहेको छ । संघीयता बिरोधी आवाज उठ्ने चेष्टा ग¥यो भने निश्चित रुपमा यो देशका पीडित जनता, पीडित जनजाति, मधेशी लगायतका पीडितहरुले आफ्ना अधिकार प्राप्तिको निम्ति लडेको यो अधिकार कुनैपनि हालतमा यो पछाडी पर्दैन ।

    एमालेका खासगरी विगतदेखि नै यो संघीयता विरोधी र धर्मनिरपेक्षता बिरोधी अभिव्यक्तिहरु यो हाउसमा दिइरहेको अवस्था छ । यस किसिमको आवाज यहाँ हाउसमा उठ्दाखेरी सभामुखले रुलिङ गरेर यस्ता आवाजलाई कुण्ठित गर्ने तिर लानुपर्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend