logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एसपिपीको ‘च्याप्टर क्लोज’, अब गल्ती नदोहोर्‍याऔँ : विश्वप्रकाश शर्मा

    एसपिपीको ‘च्याप्टर क्लोज’, अब गल्ती नदोहोर्‍याऔँ : विश्वप्रकाश शर्मा

    4.4K
    Shares
    एसपिपीको ‘च्याप्टर क्लोज’, अब गल्ती नदोहोर्‍याऔँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन्। सरकारले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएपछि एसपिपीको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका हुन्।

    उनले ट्वीटरमा लेखेका छन्, ‘एसपिपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रह मुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौँ।’ ‘हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं। नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ’ उनको भनाइ छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend