logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • हुम्लामा एक वर्षमा १४ करोड राजश्व संकलन

    हुम्लामा एक वर्षमा १४ करोड राजश्व संकलन

    3.3K
    Shares
    हुम्लामा एक वर्षमा १४ करोड राजश्व संकलन

     

    सिमकोट । हुम्लामा रहेका ११ वटा सरकारी कार्यालयबाट गत आर्थिक वर्ष ०७८/०७९ मा १४ करोड रुपैयाँ राजश्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लामा कुल १४ करोड २ लाख ९८ हजार २३७ रुपैयाँ ५९ पैसा राजश्व संकलन भएको हो।

    कोष तथा लेखा नियन्त्रण कार्यालयले सबैभन्दा बढी र नापी कार्यालयले सबैभन्दा कम राजश्व संकलन गरेको उपाध्यायले जानकारी दिए। उनका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयले १३ करोड ६६ लाख पाँच हजार ५०६ रुपैयाँ ५१ पैसा राजश्व संकलन गरेको छ भने नापी कार्यालयले ५० हजार ४२० रुपैयाँ राजश्व संकलन गरेको हो।

    यसैगरी शिक्षा विकास तथा समन्वय इकाइले १२ लाख २६ हजार रकम राजश्व उठाएको छ भने हिल्सा सडक आयोजनाले ११ लाख ४२ हजार ९५५ रुपैयाँ राजश्व उठाएको छ।

    जिल्ला प्रशासन कार्यालयले ४ लाख २५ हजार ७४५ रुपैयाँ, जिल्ला अदालतले २ लाख ८४ हजार २६१ रुपैयाँ, जिल्ला प्रहरी कार्यालयले ६२ हजार, जिल्ला हुलाक कार्यालयले १ लाख १ हजार ७९० राजश्व जम्मा गरेका छन्।

    कारागार कार्यालयले ८८ हजार, जिल्ला निर्वाचन कार्यालयले ५५ हजार २५० राजश्व संकलन गरेको छ भने बराहदल गुल्म रानीवनले एक लाख ८३ हजार ७३० राजश्व जम्मा गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend