logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मादक पदर्थ सेवन गरी स्कुल बस चलाउने १६ स्कुल बस चालकलाई कारबाही

    मादक पदर्थ सेवन गरी स्कुल बस चलाउने १६ स्कुल बस चालकलाई कारबाही

    3K
    Shares

    काठमाडौं । मादक पदर्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई प्रहरीले कारवाही गरेको छ । यहि साउन ८ गते देखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तरगत आईतबार बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बस कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    जस अनुसार विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको छ । उक्त चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend