एजेन्सी । उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार यात्रुको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन् । शोल्गारा जिल्लालाई बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ सहर जोड्ने सडकमा शनिबार राति दुईवटा कार एकआपसमा ठोक्किँदा महिला र बालबालिकासहित चार यात्रीको घटनास्थलमै मृत्यु भएको प्रान्तीय प्रहरील जनाएको छ ।
चालकको लापरवाही र सडकको दुरावस्थाका कारण अफगानिस्थानमा प्रायः सधै सवारी दुर्घटना हुने गरेका छन् । गत मङ्गलबार देशको पश्चिमी प्रान्त बाघिसमा यस्तै प्रकृतिको दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।