logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ५४.५८ अंकले वृद्धि

    नेप्से परिसूचक ५४.५८ अंकले वृद्धि

    4.7K
    Shares
    नेप्से परिसूचक ५४.५८ अंकले वृद्धि

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आईतवार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ ।
    आईतवार कारोबारमा आएका २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो ।

    नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फाइनान्स उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । लगानी उपसमूह ४.७६ प्रतिशत बढेको छ । अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

    आईतवार नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाईफ इन्स्योरेन्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता,नेशनल हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा २१ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend