logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • तारकेश्वर ४ जना मृत्यु प्रकरणः घटनास्थलमा भेटियो ‘सुसाइड नोट’

    तारकेश्वर ४ जना मृत्यु प्रकरणः घटनास्थलमा भेटियो ‘सुसाइड नोट’

    7.6K
    Shares
    तारकेश्वर ४ जना मृत्यु प्रकरणः घटनास्थलमा भेटियो ‘सुसाइड नोट’

     

    काठमाडौं । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए ।

    घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

    प्राप्त प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

    याे पनि:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend