काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको हितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महँगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ । सोही विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक देशको हितविपरीत नागरिकता विधेयक पास गरिएको बताएका हुन् ।
महासचिव पोखरेलले नागरिकता विधेयक पास गरेर सरकारले राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अंगीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।