logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेविसंघलाई बिबिसंघ बनाउनुस् : यज्ञराज सुनुवार

    नेविसंघलाई बिबिसंघ बनाउनुस् : यज्ञराज सुनुवार

    3.4K
    Shares

    काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ को नाम परिवर्तन गरी वि.वि.संघ राख्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय विगार्ने संघ राख्न आग्रह गरेका हुन् । उनले नेविसंघकै कारण अहिले त्रिभूवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए ।

    उनले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभई नेविसंघको पहलमा बाहिरबाट आएको समेत आरोप लगाए । सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पु¥याइएको बताए ।

    ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन । त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ, प्राध्यापक र सहप्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभूवन विश्वविद्यालय अस्तव्यस्तको दिशामा अघि बढेको छ । यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ । नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर वि.वि.संघ अर्थात् विश्वविद्यालय विगार्ने संघ राख्न म प्रश्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पु¥याइँदैछ । विश्वविद्यालय भित्र लोकतन्त्रको परिभाषा पनि चेन्ज हुन थालेको छ । विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको छ । १८ देखि २५ वर्षका युवा उमेरका विद्यार्थी हुनुपर्नेमा विश्वविद्यालयमा आज ४० कटेका पाका विद्यार्थीहरु थुपारेर विश्वविद्यालय अस्तव्यस्त बनाइएको छ ।’ उनले भने ।

    सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताए । उनले अहिले विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन
    थालेको समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend