logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्स लगाएर कुटपटि गरेको विषयमा सरकारको ध्यानाकर्षण

    आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्स लगाएर कुटपटि गरेको विषयमा सरकारको ध्यानाकर्षण

    3.7K
    Shares
    आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्स लगाएर कुटपटि गरेको विषयमा सरकारको ध्यानाकर्षण

     

    काठमाडौं । नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले नेपाल चक्रवर्ती कलेजले कानून संकायको शुल्क बढाउँदा आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्स लगाएर कुटपटि गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले कलेजले कलेजले अकस्मात आफ्नो कोषको बिए एलएलबी कोषको ७ लाख १२ हजारबाट १० लाख ७० हजार र एलएल एमको ३ लाख २३ हजारबाट ५ लाख ६८ हजार शुल्क बढाएको बताए ।

    उनले भने,‘काठमाडौंको विजुलीबजारमा नेपाल चक्रवर्ती हबी कलेज छ । कलेजले अकस्मात आफ्नो कोषको बिए एलएलबी कोषको ७ लाख १२ हजारबाट १० लाख ७० हजार र एलएल एमको ३ लाख २३ हजारबाट ५ लाख ६८ हजार शुल्क बढायो । विद्यार्थीहरु आन्दोलित भए आन्दोलनरत विद्यार्थीहरुले आफ्नै प्रागणमा क्याम्पस पोशाकमा धर्ना दिए । कलेजको व्यवस्थापनले प्रहरी र बाउन्स पनि बोलायो र विद्यार्थी माथि कुटपीट ग¥यो । विद्यार्थीहरुलाई त्यहाँबाट निकाल्यो । विद्यार्थीहरु घाइते छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend