logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाउने विषयमा हल्ला मात्रै होः नेता गजुरेल

    आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाउने विषयमा हल्ला मात्रै होः नेता गजुरेल

    3.1K
    Shares
    आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाउने विषयमा हल्ला मात्रै होः नेता गजुरेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले प्रतिनिधि सभालाई निर्वाचनका दिनसम्म जारी राख्ने विषयमा छलफल भइरहेकाले निर्वाचन घोषणा गर्नै ढिला भएको बताएका छन । उनले अहिले गठबन्धनमा संसद जारी राख्ने विषयमा छलफल भइरहेको तर निर्वाचन मंसिरमा गर्ने सहमति भएको बताए । उनले आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाउने विषयमा हल्ला मात्रै भएको पनि बताए ।

    उनले भने,‘ आगामी निर्वाचन पनि गठबन्धनबाट नै जाने नेकपा माओवादी केन्द्रको निर्णय भएको छ । पहिलाको गठबन्धन कायम राख्ने गठबन्धन भन्दा बाहिर रहेका दललाई समेत गठबन्धनमा सामेल गर्ने प्रयास गर्नेछौं । समाजवादी केन्द्र बनाउने कुरा त्यत्तिकै प्रचारमा आयो । आगामी निर्वाचन मंसिरमा गर्नुपर्छ भन्ने विषयमा सबै सहमति छ ।

    अब प्राविधिक कारणले रोकिएको छ । संसद धेरै अवरुद्ध भएकाले संसदलाई निर्वाचनसम्म जारी राखेर अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको छ । त्यसकारण पनि निर्वाचन घोषणा ढिला भएको हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend