काठमाडौं । एन आई सी एशिया बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा रहेका र लक्ष्यमा पुग्ने विश्वासका साथ काम गर्न चाहानेका लागि बैंकले सुनौलो अववसर प्रदान गर्न लागेको बैंकले जनाएको छ । सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एन आई सी एशिया बैंकले बैंकमा करियर बनाउन चाहानेका लागि विभिन्न विधाका कर्मचारी माग गरेको छ । बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।
वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-