झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको चुनावमा आफू झापा क्षेत्र नं ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । आफ्ना देवी देउता तथा भगवान त्यही क्षेत्रमा रहेकाले राप्रपा अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं ३ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।
बुधबार झापाको बिर्तामोडमा झापाका पत्रकारहरूसँगको अन्तर्क्रियामा लिङ्देनले अन्य क्षेत्रबाट चुनाव लड्ने विषयमा प्रश्न नउठ्ने बताए। उनले भने, ‘मेरा देवीरदेउता र भगवान त्यहीँ छन्। झापा क्षेत्र नं ३ बाट अन्य क्षेत्रमा जाने प्रश्नै उठ्दैन। म त्यहीँबाट चुनाव लड्छु।’
यसअघिको प्रतिनिधि सभाको चुनावमा पनि उनी झापा क्षेत्र नं ३ बाटै निर्वाचित भएका हुन्। त्यो बेला नेकपा एमालेसँग तालमेल गरेर उनी चुनावमा होमिएका थिए।