logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अर्थसचिव मरासिनीको सरूवा गर्ने मन्त्रीपरिषद बैठकको निर्णय

    अर्थसचिव मरासिनीको सरूवा गर्ने मन्त्रीपरिषद बैठकको निर्णय

    3.6K
    Shares

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीको सरूवा भएको छ। मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरूवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ‘आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मरासिनीको सरूवा गर्ने निर्णय गरेको हो’, ती मन्त्रीले भने, ‘अर्थसचिव त्यहाँ नरहने भन्ने भयो तर अर्थमा को लैजाने, उहाँलाई कहाँ लैजाने भनेर केही कुरा भएन।’

    बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए। आर्थिक वर्ष २०७९ ८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप थियो। त्यसपछि शर्माले संसदमै राजीनामाको घोषणा गरेका थिए। उनले राजीनामा दिएपछि मरासिनी कार्यालय फर्किएका थिए।

    शर्मामाथि छानबिन गर्नको समिति बनेको थियो। उक्त समितिले शर्मा निर्दोष रहेको भन्दै सभामुखलाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि फेरि सरकारले अर्थमन्त्री शर्मालाई पुनःबहाली गरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend