logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बालुवाटारमा जारी गठबन्धन बैठक  : चुनावी तालमेल बारे छलफल

    बालुवाटारमा जारी गठबन्धन बैठक  : चुनावी तालमेल बारे छलफल

    3.2K
    Shares

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक सुरु भएको हो ।

    सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बताए । सत्ता गठबन्धन दलबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमत भए पनि सिट बाडफाँटको विषयमा भने टुंगो लागिसकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend