logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लगानीको सुनिश्चितता नभएसम्म निजगढमा जंगलको रूख काट्ने अनुमति दिँदैनौंः वातावरणमन्त्री यादव

    लगानीको सुनिश्चितता नभएसम्म निजगढमा जंगलको रूख काट्ने अनुमति दिँदैनौंः वातावरणमन्त्री यादव

    3.8K
    Shares
    लगानीको सुनिश्चितता नभएसम्म निजगढमा जंगलको रूख काट्ने अनुमति दिँदैनौंः वातावरणमन्त्री यादव

    काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख पनि काट्न नदिने बताएका छन्। निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रूख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिने मन्त्री यादवले बताएका हुन्।

    सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ स्थित सागरनाथमा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजगढ विमानस्थल मधेसको लाइफलाइन भएको हुँदा आफू त्यसको विरोधी नभएको स्पष्ट पारे।

    उनले भने,‘रूख काटेर जग्गा खाली गराउने, अनि फेरि बस्ती बसाल्ने र मुआब्जा दिने। यस्तो अब चल्दैन। पहिला मुआब्जा पाएको जग्गा खाली गराएर विमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रूख काट्न मन्त्रालयले अनुमति दिँदैन।’

    वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउँदै उनले मन्त्रालयको निर्देशनबमोजिम वन जंगलको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन्। वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जंगल संरक्षण तदारूकता देखाउन उनले आग्रह गरे।

    तस्करसँग मिलेर काठ, ढुंगा र गिटीको लाइन दिने जस्ता गुनासोहरू सुनिएको बताउँदै उनले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गरे।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend