logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धनको सरकारले रेल मार्ग निर्माणको कार्य अगाडि कहिले बढाउँछः विमला विश्वकर्मा

    गठबन्धनको सरकारले रेल मार्ग निर्माणको कार्य अगाडि कहिले बढाउँछः विमला विश्वकर्मा

    2.8K
    Shares
    गठबन्धनको सरकारले रेल मार्ग निर्माणको कार्य अगाडि कहिले बढाउँछः विमला विश्वकर्मा

    काठमाडौं । सांसद विमला विश्वकर्माले गठबन्धनको सरकारले रेल मार्ग निर्माणको कार्य अगाडि कहिले बढाउँछ भन्दै प्रश्न गरिन् । उनले समृद्ध नेपाल सुखी नेपालको आकांक्षा बोकेर विकासका धेरै योजनाहरु तीब्रगतमा अगाडि बढाएको अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपश्चिम रेल मार्गको काम अगाडि बढाएको तर वर्तमान सरकार मौन बसेको बताइन् ।

    उनले रेल मार्ग निर्माणको लागि रोक्का गरेको किसानको जग्गाको मुआब्जा समेत नपाउँदा किसानहरु मारमा परेको बताइन् ।

    उनले भनिन्,‘ समृद्ध नेपाल सुखी नेपालको आकांक्षा बोकेर विकासका धेरै योजनाहरु तीब्रगतिमा अगाडि बढाएको अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपश्चिम रेल मार्गको काम अगाडि बढाएको थियो । वर्तमान सरकारले रेलमार्गको कामलाई निरुन्तरता दिनुपर्छ । रेलमार्ग निर्माण गर्दा कयौं किसानको जमिन पर्छन् । ती जमिन रोक्का गर्दा किसानले भोक चलन गर्न पाएका छैनन् । भने सरकारले मुआब्जा वितरण समेत गरेको छैन । जसका कारण किसानहरु ठूलो मारमा परेका छन्। गठबन्धनको सरकारले रेल मार्ग निर्माणको कार्य अगाडि बढाउँछ की बढाउँदैन ?’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend