logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राजनीति अस्थिर भए देशमा अराजकता हुन्छः अध्यक्ष प्रचण्ड

    राजनीति अस्थिर भए देशमा अराजकता हुन्छः अध्यक्ष प्रचण्ड

    5.1K
    Shares
    राजनीति अस्थिर भए देशमा अराजकता हुन्छः अध्यक्ष प्रचण्ड

     

    काठमाडौं । जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति अस्थिर भए देशमा अराजकता र अस्थिरता हुने बताएका छन्। जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँस्थित नेपाल जनप्रगतिशील मंच जापानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त धारणा राखेका हुन्।

    ‘विश्व इतिहासले मानव जातीको अनुभवले र विकसित देशका तमाम उदारचढाव र अनुभवले के देखाएको छ भने अन्तत राजनीति नै मुख्य हुन्छ। यदि राजनीति ठिक ठाउँमा भयो भने विकास र समृद्धिको यात्रा ठिक ढङ्गले अघाडि बढ्छ,’ प्रचण्डले भने,‘राजनीति ठिक ढङ्गमा भएन भने अस्थिरता, अराजकता र आर्थिक समृद्धिका लागि बाधक हुन्छ।’

    त्यस्तै प्रचण्डले आफ्नो धारणा राख्ने क्रममा गरिब देशको नागरिक भएकाले भोगिने व्यवहार फरक रहेको गुनासो गरेका छन्।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend