logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • त्रिविका पदाधिकारीलाई नेविसंघको प्रश्न-‘जहिले पनि हामी विद्यार्थीमाथि किन अत्याचार ?’

    त्रिविका पदाधिकारीलाई नेविसंघको प्रश्न-‘जहिले पनि हामी विद्यार्थीमाथि किन अत्याचार ?’

    3.6K
    Shares

    काठमाडौं । परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्‍वविद्यालय परिषर अगाडि प्रदर्शन गरेको छ । नेविसंघले त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्‍नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्‍नपत्र बेचेको भन्‍दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावले जानकारी दिए ।

    ‘त्रिविका पदाधिकारीहरुले पटक पटक विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भएको छ। कहिले प्रश्‍न पत्र दोहोर्‍याएर त कहिले समयमै परीक्षाको नतिजा ननिकालेर। उहाँहरुले प्राइभेट कलेजहरुका लागि प्रश्‍नपत्र बनाउने र बेच्‍ने अनि त्रिविका विद्यार्थीहरुलाई समयमा न परीक्षा न नतिजा । जहिले पनि हामी त्रिविका विद्यार्थीमाथि किन अत्याचार ?’ उनले भने ।

    बीएड पहिलो सेमेष्टरको परीक्षा साढे दुई वर्ष हुँदा पनि त्रिविले नतिजा नल्‍याएको उनको भनाई थियो । ‘सेमेष्टर प्रणालीमा त ६ ६ महिनामा परीक्षाको नतिजा आउनु पर्ने हो। तर बिडम्बना त्रिविका पदाधिकारीहरुले बीएड पहिलो सेमेष्टरको परीक्षाको नतिजा साढे दुई वर्ष भइसक्दा नि प्रकाशित गरेन। अब विद्यार्थीको भविष्‍य भएन त अन्धकार । किन यस्तो ?’ उनले भने । नेविसंघले त्रिविले प्रश्‍नपत्र दोहोरिएको विषयबारे छानबिन गरेको प्रतिवेद पनि सार्वजनिक गर्न माग गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend