logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउँछः निरादेवी जैरु

    काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउँछः निरादेवी जैरु

    2.7K
    Shares
    काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउँछः निरादेवी जैरु

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताएकी छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा समयमा माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताएकी हुन् ।

    उनले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताइन् । उनले फोहोर व्यवस्थापनको कार्य यथाशीघ्र गर्नुपर्ने बताइन् ।

    उनले भनिन्,‘काठमाडौंको फोहोर काठमाडौंका मेयरलाई जिम्मा लगाएर हुन्छ ? संघको सम्बन्धित मन्त्रालय यथाशीघ्र बसेर यसलाई निवारण दिएन भने अहिले पानी परिरहेको छ । चार दिन घाम लाग्यो भने बस्न सक्ने अवस्था छैन । काठमाडौंको फोहोर र कोरोना भन्दा ठूलो कुरा संविधानको धारा ४० लाई कानून बनाएर लाने भन्दा भन्दै पनि राज्यका तहमा बसेका जिल्ला प्रशासन अधिकृतहरुले नागरिकतामा कुकुर, कुकुर्नी कमिनी राखेर नागरिकता वितरण गर्नुभएको छ । त्यो टोली बनाएर वितरण गरेको जस्तो लाग्छ । स्थानीय तहमा समन्वय नगरेर त्यस्ता प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न माग गर्दछु ।’

    सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर,कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न सरकारसँग माग गरिन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend