logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

    आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

    4.9K
    Shares
    आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

    नाब्लस/रासस । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ । इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको छ ।

    प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ ।आतङ्कवादी इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

    प्यालेस्टिनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग झडप भएको थियो । मार्चको अन्त्यदेखि हालसम्म कम्तीमा ५७ प्यालेस्टाइनीहरू मारिएका छन् । यी प्रायः वेस्ट बैंकका नै भएका समाचारमा जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend