logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बर्षाले नुवाकोटमा बाढी र पहिरोबाट व्यापक क्षति, डा.महतद्धारा राहत र क्षतिपूर्तिको अनुरोध

    बर्षाले नुवाकोटमा बाढी र पहिरोबाट व्यापक क्षति, डा.महतद्धारा राहत र क्षतिपूर्तिको अनुरोध

    2.9K
    Shares
    बर्षाले नुवाकोटमा बाढी र पहिरोबाट व्यापक क्षति, डा.महतद्धारा राहत र क्षतिपूर्तिको अनुरोध

     

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गएराती परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति दुःख प्रकट गरेका छन् । उनले भनेका छन्, “गएरातिको अविरल बर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको छ । म यस प्राकृतिक प्रकोपबाट पुगेको क्षति प्रति दुःख व्यक्त गर्दछु ।”

    कांग्रेस प्रवक्ता महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्दारकार्यमा लाग्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन् ।

    पूर्वमन्त्री डा.महतले भनेका छन्,“जोखिमयुक्त क्षेत्रमा रहेका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।” उनले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

    कांग्रेस प्रवक्ता डा।महतले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक,पुल,खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिध्र मर्मत,संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend