काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाए ।
सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बीमा कार्यक्रमलाई सरकारले रद्ध गर्न लागेको बताएका हुन् । सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एच.आई.भि.एड्स संक्रमितहरुले लाभ लिइरहेकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न समेत अनुरोध गरे ।
उनले यसलाई कुनैपनि हालतमा सरकारले जनपक्षिय रुपमा सञ्चालन गर्नुपर्ने बताए ।